रश्मीको ११ गोलमा आरएस पोखराविरुद्ध एपीएफ १९-० ले विजयी


काठमाडौं। विभागिय टोली एपीएफ क्लबले आरएस पोखरामाथि १९–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

यो फराकिलो जितसागै एपीएफले एन्फा महिला च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको एपीएफले एकपक्षीय प्रदर्शन गर्दै फराकिलो अन्तरको जित निकालेको हो।

एपीएफकी रश्मी कुमारी घिसिङले एक्लैले ११ गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरिन्। उत्कृष्ट प्रदर्शन गर्दै उनि ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। यस्तै अनिता केसीले ह्याट्रिक पूरा गर्दा निशा थोकर, गिता राना, सरु लिम्बू, हिमा रावत र मनमाया दमाईले पनि गोल गर्दै टोलीको जितलाई थप मजबुत बनाएका थिए।

पहिलो हाफमै एपीएफले ७–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप १२ गोल गर्दै एपीएफले आरएस पोखरालाई पूर्ण रूपमा दबाबमा राख्यो।

अब एपीएफले चर्च ब्वाइज र संकटाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको