जिरोनासँग पराजित हुँदा बार्सिलोनालाई उपाधि होडमा धक्का


काठमाडौं। स्पेनी ला लिगा अन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोना जिरोनासँग २–१ ले पराजित भएको छ।

खेलको सुरुआतमा बार्सिलोनाले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ५९औँ मिनेटमा पउ चुबरीको गोलमा अघि बढेको बार्सिलोना दबाबमा परेको थियो।

६२औँ मिनेटमा थोमस लेमारले जिरोनाका लागि बराबरी गोल फर्काए। त्यसपछि ८६औँ मिनेटमा फ्रान बेल्ट्रानले निर्णायक गोल गर्दै जिरोनालाई महत्वपूर्ण तीन अंक दिलाए।

यस हारसँगै बार्सिलोना ५८ अंकमै सीमित रहँदै दोस्रो स्थानमा छ। लगातारको नतिजाले बार्सिलोनाको उपाधि यात्रामा दबाब थपिएको छ। समान खेलबाट ६० अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ।

यसअघि कोपा डेल रे को पहिलो लेग सेमिफाइनलमा पनि बार्सिलोना एटलेटिको मड्रिडसँग ४–० ले पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको