काठमाडौं। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत प्लेअफको पहिलो लेगमा स्पेनिस महारथी रियल मड्रिडले पोर्चुगिज क्लब बेनफिकालाई १–० ले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। बेनफिकाका जियानलुका प्रेस्टियानी, अमार डेडिक र राफाले प्रहार गरे पनि रियलका गोलरक्षक थिबो कर्टुवाले उत्कृष्ट बचाउ गरे। यता रियलका किलियन एम्बाप्पे, भिनिसियस जुनियर र अर्डा गुलरका प्रयास बेनफिकाका गोलरक्षक अनातोलिय त्रुबिनले असफल बनाए।
५०औँ मिनेटमा खेलको निर्णायक गोल भयो। किलियन एम्बाप्पेको पासमा भिनिसियस जुनियरले पेनाल्टी क्षेत्रको बायाँ भागबाट शक्तिशाली प्रहार गर्दै बल जालीमा पठाए।
निर्धारित समयपछि १२ मिनेट थप समय दिइएको थियो। अन्ततः रियलले अग्रता जोगाउँदै महत्वपूर्ण जित हात पार्यो। अब दोस्रो लेग बेनफिकाको मैदान २६ जनावरीमा हुनेछ।


