ओसासुनासँग रियल मड्रिड पराजित


काठमाडौं। रियल मड्रिड स्पेनिस लिगअन्तर्गत गएराति भएको खेलमा ओसासुनासँग २–१ गोलअन्तरले पराजित भएको छ। यस हारसँगै २५ खेलबाट ६० अंकसहित रियल शीर्ष स्थानमा छ भने ओसासुनाले महत्वपूर्ण जित निकाल्दै ३३ अंकसहित ९औं स्थानमा रहेर तालिकामा सुधार गरेको छ।

घरेलु मैदानमा ओसासुनाले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो। खेलको ३८औँ मिनेटमा एन्टे बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको थियो।

दोस्रो हाफको ७३औँ मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काउँदै रियललाई खेलमा फर्काए। तर निर्धारित समयको ९०औँ मिनेटमा राउल गार्सियाले निर्णायक गोल गर्दै ओसासुनालाई २–१ को जित दिलाए। भिडियो सहायक निर्णायकको पुनरावलोकनपछि उक्त गोलले मान्यता पाएको थियो।

खेलभरि रियलले बल नियन्त्रण र अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको