काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूह ‘बी’ को लिग खेलमा केभीकेएसएसले मानसिंहलाई २१–१४ ले पराजित गर्दै समूह विजेता बन्यो। केभीकेएसएसको जितमा खुशी मितोकले ९ अंक योगदान गरिन्। मानसिंह पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो।
एस्टर बरुवालको १० अंक सहयोगमा तेजस्वीले बेलमोन्टलाई २२–२० ले हरायो। जितसंगै तेजस्वी समूह ‘ए’ को विजेता भयो। बेलमोन्ट पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो।
ब्वाइजमा हिमालयले रोजमेरीलाई ३६–२५, ह्वाइट हेभेनले रिलायन्सलाई २५–१७, एन्जल्स हार्टले सेबलाई ५६–४५ र गुरुकुलले बालकुञ्जलाई ३९–२९ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। हिमालयका अरुण कार्कीले १७, ह्वाइट हेभेनका निरज थापाले ८, एन्जल्स हार्टका मुकेश पुनले ३२ र गुरुकुलका आदर्श तामाङले १९ स्कोर गरे।
