काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ।
फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्ने छन्। महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन्। प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफ समेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।


