नेपालले हङकङसँग दशरथ रंगशालामा खेल्ने


काठमाडौं। नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत खेल खेल्ने भएको छ।

नेपालले चैत १२ गते काठमाडौंस्थित दशरथ रंगशालामा हङकङ राष्ट्रिय पुरुष फुटबल टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उक्त खेल दशरथ रंगशालामै आयोजना हुनेछ।

घरेलु मैदानमा हुने यस खेलले नेपाली टोलीको अन्तर्राष्ट्रिय तयारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको