साउदी प्रो लिग : अल नासरको शानदार जित, शीर्ष स्थानमा दुई अंकको अग्रता


काठमाडौं। साउदी प्रो लिग अन्तर्गत सम्पन्न खेलमा अल नासरले अल नज्मामाथि प्रभावशाली जित दर्ता गरेको छ।

बिहिवार बिहान सम्पन्न खेलमा नासरले घरेलु टोली अल नज्मालाई ५-० ले पराजित गरेको हो। यस जितसँगै अल नासरले लिग तालिकाको शीर्ष स्थानमा स्पष्ट दुई अंकको अग्रता बनाएको छ।

खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै अल नासरलाई अग्रता दिलाए। ३१औं मिनेटमाकिङ्स्ले कोमानले गोल गर्दै अग्रता दोब्बर पारे।

४२औं मिनेटमा इनिगो मार्टिनेजले गोल गरे। ५२औं मिनेटमा साडियो मानेले अर्को गोल थपे। त्यसपछि ८०औं मिनेटमा इनिगो मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यस जितसँगै अल नासरले २३ खेलबाट ५८ अंक पुर्याएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको