एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा


काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २० गते हुने भएको छ।

अवार्ड कार्यक्रम स्थानिय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले जनाएका छन्। महासचिव गोथेका अनुसार काठमाडौं उपत्यका बाहिर पहिलोपटक अवार्ड कार्यक्रम हुन लागेको हो।

विभिन्न २७ खेलका त्यत्तिनै संख्यामा खेलाडीलाई सम्मान गरिने छ। त्यसबाहेक समान १–१ पुरुष÷महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभासाली खेलाडी, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई सम्मान गरिने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको