जेम्स र विश्वज्ञान सेमिफाइनलमा


काठमाडाैं। जेम्स र विश्वज्ञान प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

जेम्स र विश्वज्ञान क्रमशः समूह ‘ए’ को विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। यससंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि तयार भएको छ।सेमिफाइनलमा जेम्सको भेट ग्यालेक्सी पब्लिक स्कुलसंग हुनेछ भने विश्वज्ञानले अक्षराको सामना गर्ने छ।

अघिल्लो दिन बिहीबार समूह ‘बी’ बाट अक्षरा विजेता र ग्यालेक्सी उपविजेताका हैसियतले सेमिफाइनल पुगेका थिए। कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा जेम्सले लिगका तीनै खेल जित्ने क्रममा विनायकलाई १० विकेट, विश्वज्ञानलाई ३४ रन र जनप्रेमी वल्र्ड स्कुललाई ३१ रनले पराजित गर्दै ६ अंक जोड्यो । ४ अंक जोडेको विश्वज्ञानले विनायकलाई ३० रन तथा जनप्रेमीलाई ४ विकेटले हरायो।

मातृभूमि स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार सेमिफाइनल र फाइनल हुनेछ। विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको