लगातार पाँचौं जितेको लक्ष्यमा पुलिस


काठमाडौं । लगातार पाँचौं जितेको लक्ष्यमा रहेको नेपाल पुलिस क्लब शुक्रबार माल्दिभ्स पुलिस क्लबको सामना गर्दा छ।

काभा महिला क्लब च्याम्पियसिप अन्तर्गत यसअघि सम्पन्न सबै चार खेलमा जित हासिल गरेको पुलिस जितेको लक्ष्यमा हुने छ।

खेल नेपाली समयअनुसार साँझ ५ः४५ मा सुरु हुनेछ। माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पुलिसले ११ अंक जोडेको छ।

फाइनलमा स्थान बनाएको पुलिसले यसअघि उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को तथा माल्दिभ्सको वाम्को क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको