काठमाडौं। आईएयु ५० किमि विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। शनिबार हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
पुरुषमा तिलकबहादुर सुनुवार र रेमश लिम्बू तथा महिलामा सुनसरी रोकाया र लाक्पा निग्मा शेर्पाले प्रतिस्पर्धा गर्ने छन्।
टिम व्यवस्थापकमा नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सन्तकुमार मेहताले शुक्रबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।


