काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके)को आयोजनामा छैटौं आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ।
प्रतियोगितामा सातै प्रदेशबाट करिब १ सय खेलाडीको सहभागिता रहने आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङले जनाएका छन्। पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।
पुरुषमा ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि र ५० केजीमुनि तौलसमूहमा खेल हुनेछ। महिलामा ४० केजीमुनि र ४५ केजीमुनि स्पर्धामा प्रतिस्पर्धा हुनेछ। सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। कुल पुरस्कार राशी १ लाख ३१ हजार रहेको छ।
एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने बताइएको छ।


