लिभरपुल र टोटेनहम बराबरीमा रोकिए


काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र टोटेनहम हट्सपरबीचको खेल बराबरीमा टुंगिएको छ। रोमाञ्चक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेले।

खेलको १८औं मिनेटमा डोमिनिक सोबोस्लाइले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। उनको शक्तिशाली प्रहार गोलपोस्टको माथिल्लो कुनामा जाँदै जाल चुमेको थियो।

पहिलो हाफमा अग्रता जोगाएको लिभरपुल दोस्रो हाफमा पनि अवसर सिर्जना गर्न सफल भए पनि थप गोल गर्न सकेन। ९०औं मिनेटमा रिचार्लिसनले रान्डाल कोलो मुआनीको पासमा गोल गर्दै टोटेनहमलाई बराबरीमा फर्काए। उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलपोस्टको बायाँ कुनामा पुगेको थियो।

यो बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। ३० खेलबाट ४९ अंक जोडेको लिभरपुल तालिकाको पाँचौं स्थानमा छ भने समान खेलबाट ३० अंक जोडेको टोटेनहम हट्सपर १६औं स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको