हाउण्ड्सको पहिलो जित


काठमाडौं । नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउण्ड्सले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार हाउण्ड्सले रोएललाई ७६–६४ ले पराजित गरेको हो ।

हाउण्ड्सले पहिलो क्वाटरमा २४–१२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर २३–१६ ले आफ्नो पक्षमा पार्दै रोएलले खेलमा फर्कने संकेत गरेको थियो । तर हाउण्ड्सले थेस्रो क्वाटर १७–१५ र चौथो क्वाटर १९–१४ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । लगातार तीन हारपछि पहिलो जित निकालेको हाउण्ड्सले ४ खेलबाट ५ अंक जोडेको छ । यस्तै तेस्रो हार बेहोरेको रोएलले पनि ४ खेलबाट ५ अंक नै जोडेको छ ।

हाउण्ड्सका सौरभ श्रेष्ठले सर्वाधिक २१ अंक स्कोर गरे । सौरभ श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । यस्तै आईतबार।राती सम्पन्न खेलमा कीर्तिपुरले सोलो बास्केटबललाई ८४–७७ ले पराजित गर्दै दोस्रो जित हात पनरेको छ । लगातार दुई खेल जितेको सोलोमो यो पहिलो हार हो । कीर्तिपुरका अनिल खड्गी म्यान अफ दि म्याच ङोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको