काठमाडौं। आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेबल टेनिस प्रतियोगिता’ भोलि हुने भएको छ। ‘इन्टरटेनमेन्ट टेबल टेबल टेनिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुस्थित बुल्स हेल्थ क्लबमा हुनेछ।
‘टेबल टेनिस राष्ट्रको लागि स्वास्थ्यको लागि’ भन्ने नारासहित हुने प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडीहरुको सहभागिता रहने ईटीटीका अध्यक्ष एवम् अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले जानकारी दिनुए।
प्रतियोगितामा प्रवेश शुल्क २ हजार रुपैयाँ तोकिएको छ भने राष्ट्रिय खेलाडी र १६ वर्षमुनिका खेलाडीलाई प्रवेश शुल्क नलाग्ने आयोजकका सुनिल शाक्यले बताए।
हरेक खेलाडीलाई एउटा ‘स्ट्याग’को टीसर्ट पनि दिइने छ। प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेश्रो हुने खलाडीलाई एउटा मोबाइल उपहार रहेको आयोजकले जनाएको छ।


