ब्राइटनले लिभरपुललाई २–१ ले हार्‍यो

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनले लिभरपुललाई २–१ ले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनको जितमा ड्यानी वेलबेक नायक बने। उनले खेलको १४औं मिनेटमा हेडरमार्फत टोलीलाई अग्रता दिलाए।

३०औं मिनेटमा लिभरपुलका मिलोस केरकेजले बराबरी गोल फर्काउँदै खेल १–१ को अवस्थामा ल्याए। पहिलो हाफ यही नतिजामा सकिएको थियो।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि निर्णायक क्षण ५६औं मिनेटमा आयो। ज्याक हिन्सेलउडको पासमा वेलबेकले नजिकबाट गोल गर्दै ब्राइटनलाई पुनः अग्रता दिलाए।

बाँकी समयमा लिभरपुलले बराबरीको प्रयास गरे पनि ब्राइटनका गोलकिपर बार्ट भेरब्रुग्गेनले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए।

यस जितसँगै ब्राइटन ३१ खेलबाट ४३ अंक जोड्दै तालिकाको १०औं स्थानमा उक्लिएको छ। पराजित लिभरपुल भने समान खेलबाट ४९ अंकसहित पाँचौं स्थानमै यथावत् रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको