१४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारत जाने


काठमाडौं। मार्च २८ तारिखदेखि भारतको चण्डीगढमा हुने तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

टोलीमा शिवराज पार्की, सुशिल केसी, आदेश यादव, अरुण महतो थारु, प्रेम सुनार, प्रकाश दनुवार, सन्जिव नेपाली, सीमा चौधरी, अनिशा विक, सुमित्राकुमारी चौधरी र भग्रथी चौधरी रहेका छन्। नेपालले पुरुष, महिला तथा मिक्सतर्फ ४ गुणा १०० मिटर र ४ गुणा ४०० मिटर रिले स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।

टोलीका प्रशिक्षकमा उषाकुमारी कर्ण, बुद्धकुमारी घिमिरे र विमला राना मगर रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल एथलेटिक्स संघका अध्यक्ष तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका छन्।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, जगत टमटा र सन्तकुमार मेहतालगायतको उपस्थिति रहेको थियो। नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको