काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत आइतबार भएको पहिलो खेलमा कीर्तिपुरले रोएललाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोएललाई ८८-६७ ले पराजित गरेको हो।
प्लेअफ होडबाट यसअघि नै बाहिरिसकेको कीर्तिपुरले अन्तिम लिग खेल जित्दै प्रतियोगिता सकाएको हो। कीर्तिपुरले १४ मध्ये ४ खेलमा जित र १० हारबाट १८ अंक जोडेर पाँचौ स्थानमा रह्यो। रोएलले भने १४ मध्ये २ खेल मात्र जित्दा १२ खेलमा पराजित भयो। रोएलले १४ खेलबाट १६ अंक जोड्यो। पहिलो
क्वाटरमा दुवैले १६-१६ अंक जोडेको थियो। दोस्रो क्वाटर कीर्तिपुरले २८-१८ ले आफ्नो पक्षमा पारेपछि हापटाइसम्म ४४-३४ को अग्रता बनायो। तेस्रो क्वाटरमा दुवैले समान २० अंक जोडे। कीर्तिपुरका सोनम महर्जन म्यान अफ दि म्याच घोषित भए।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको एचजेएनबीएलमा ८ टिमले डबल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्।


