हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोर्ट्स सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।

सेमिनारको औपचारिक उद्घाटन भने राखेपका सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार गर्ने कार्यक्रम रहेको छ। सेमिनारमा राखेपमा कार्यरत विभिन्न १२ खेलका ३० प्रशिक्षक सहभागी छन्। उनीहरुलाई सुशिलनरसिंह राणाले एप्लाइड सायन्स, जगदीश भट्टले मोटिभेसन र स्पोर्ट्स म्यानेजमेन्ट, सञ्जय महर्जनले स्पोर्ट्स न्युट्रिसन तथा लक्ष्मण अधिकारीले बायो मेकानिकल सम्बन्धी ज्ञान दिने छन्।

कुल १ सय पूर्णाङ्कको असेस्मेन्ट हुनेछ। त्यसमा मल्टिपल च्वाइस क्वेसनमा ७५ अंक, प्राक्टिकलमा १५ अंक, विषयगतमा ५ अंक र आन्तरिकमा ५ अंक छुट्टाइएको छ। सेमिनार बैशाख १२ गतेसम्म चल्ने छ। यो सेमिनार गत वर्षदेखि सुरु भएको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको