स्पान्योलविरुद्ध रियलको सहज जित


काठमाडौं । साविक विजेता रियाल मड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित दर्ता गरेको छ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा आइतवार बिहान भएको छैटौं साताको खेलमा रियल ४–१ ले विजयी भयो।

रियालको जितमा डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलिएन एम्बाप्पेले समान एक गोल गरे। स्पान्योललाई रियलले १ गोल उपाहार स्वरुप दिएको थियो।

जितसँगै ६ खेलबाट १४ अंक जोडेको रियाल दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना शीर्ष स्थानमा छ। पराजित स्पान्योल ६ खेलबाट सात अंकसहित १३औं स्थानमा छ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५४औं मिनेटमा स्पान्योलले उपहार गोल पायो। स्पान्योलका खेलाडीले गरेको प्रहार रियालका गोलकिपरलाई लाग्दै गोलमा परिणत हुँदा खेलमा पाहुना टोलीले १–० को अग्रता बनायो।

५८औं मिनेटमा रियलका लागि कार्भाजालले बराबरी गोल गरे। रोड्रिगोले ७५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरमा पुर्याए। त्यसको ३ मिनेटपछि नै एम्बाप्पेको पास सदुपयोग गर्दै भिनिसियसले रियलका लागि तेस्रो गोल गरे। एम्बाप्पेले ९०औं मिनेटमा पेनाल्टीमार्फत चौथो गोल गर्दै रियललाई जित दिलाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको