प्रिमियर लिग : आर्सनलमाथि सिटीको जित, उपाधि होड रोचक बन्दै


काठमाडाैं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा म्यानचेस्टर सिटीले आर्सनल लाई २–१ ले पराजित गरेको छ।

घरेलु टोली सिटीका लागि १६औं मिनेटमा रायन चेरकीले गोल गर्दै अग्रता दिलाएका थिए। तर १८औं मिनेटमै आर्सनलका काई हाभर्ट्जले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए।

६५औं मिनेटमा सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।

खेलमा आर्सनलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। ६१औं मिनेटमा एबेरेची इजे को प्रहार पोस्टमा लागेर फर्किएको थियो भने अन्तिम समयमा काई हाभर्ट्ज को हेडर थोरै माथि गएर बराबरीको अवसर गुम्यो।

यो जितसँगै म्यानचेस्टर सिटीले महत्त्वपूर्ण तीन अंक जोडेको छ। जारी लिगमा ३२ खेलबाट ६७ अंकसहित सिटी दाेस्राे स्थनामा रहँदा ३३ खेलबाट ७० अंक रहेकाे आर्सनल शीर्ष स्थनामा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको