पोखरा स्पोर्ट्स अवार्डलाई भूतपूर्व खेलाडी मञ्चको साथ


पोखरा। नेपाली अंग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस् अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यसपटक पनि निरन्तरता दिने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा रारा तयारी चाउचाउको मुख्य प्रायाेजनमा १८ गते पोखराको ईभेन्ट सेन्टरमा आयोजना गर्ने १०औं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो।

भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन, आजीवन सदस्य पुनर्मिलन समारोहत तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण समारोहका बीच भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरलाई सहयोग रकम हस्तान्तरण गरेको हो। सो अवसरमा वोल्दै भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पोखरा स्पोर्टस अवार्डलाई विगत देखि नै सहयोग गर्दै आइरहेको र यसपटक पनि सहयोगलाई निरन्तरता दिएको वताए।

खेलकुद क्षेत्रका पत्रकारहरु संगठित भई खेलाडी, खेल प्रशिक्षक, रेफ्री, पत्रकारलाई समेटेर आयोजना गर्न लागिएको वृहत कार्यक्रमले खेलकुद क्षेत्रको गतिविधीलाई चलायमानमा टेवा पु¥याउने उनको भनाइ थियो। सो अवसरमा वोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका आस्थाले अवार्डलाई भब्य र सभ्य बनाउनका लागि खेलकुद क्षेत्रमा लागेको संघ संस्थाको महत्वपूर्ण भुमिका रहने बताउदै भूतपूर्व खेलाडी मञ्चको सहयोग प्रति आभार प्रकट गरे।

पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ। जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन्। पोखरा स्पोर्ट्स अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको