अन्तरविद्यालय फुटबल प्रतियोगिता बैशाख १७ गतेदेखि


काठमाडौं महानगरपालिका– ७ को आयोजनामा चौथो वडा अध्यक्ष अन्तरविद्यालय फुटबल प्रतियोगिता बैशाख १७ गतेदेखि हुने भएको छ।

चाबहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १६ भन्दा बढी टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन्।

नकआउट सेभेन ए साइड प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। विधागत ४ उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय नगद पुरस्कार पाउने छन्।

बैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ। गत संस्करणको उपाधि मनास्लुले जितेको थियो। प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको