मनास्लु र बाल व्यवसायी फाइनलमा

काठमाडौं। समविक विजेता मनास्लु र बाल व्यवसायी केन्द्र मावि चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन्।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मनास्लुले हिलारी ‘बी’ लाई १–० गोलले पराजित ग¥यो। संगम तामाङले निर्णायक गोल गरे। मनास्लुका रोवेन तामाङ ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा भएको अर्को सेमिफाइनलमा बाल व्यवसायीले पशुपति मित्र मावि ‘बी’ लाई १–० गोलले हरायो। ‘प्लेयर अफ दि म्याच’ अर्जुन खडायतले निर्णायक गोल गरे। फाइनल मंगलबार हुनेछ।

सेभेन ए साइड स्वरुपको नकआउट प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। विधागत ४ उत्कृष्ट खेलाडी जनही २ हजार ५ सय नगदबाट पुरस्कृत हुने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको