आर्यष मण्डिकाटार ओपनको फाइनलमा

काठमाडाैं। पोखराका आर्यष राज पौडेल काठमाण्डौमा जारी चौंथो मण्डिकाटार जुनियर ओपन टेनिस प्रतियोगिता अन्तर्गत दुई वटा उमेर समुहको फाइनलमा प्रवेश गरेका छन्। पौडेल १६ वर्ष मुनि र १४ वर्ष मुनिको एकलतर्फ फाइनलमा पुगेका हुन्।

आफ्नों उमेर समुह भन्दा पनि माथिको यु–१६ सेमिफाइनलमा उनले पोखराकै सुरेन्द्र विकलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन्। १४ वर्ष मुनिको सेमिफाइनलमा आर्यषले पृथ्या रिजाललाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भए।

प्रतियोगिताको फाइनल खेल शनिबार हुने आर्यषका प्रशिक्षक समेत रहेका नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काले जानकारी दिए। उनका अनुसार आर्यषले १६ वर्ष मुनिको फाइनलमा आसव हाडासंग तथा १४ वर्ष मुनिको फाइनलमा विश्व विशेष डल्लाकोटीसंग उपाधी भिडन्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको