एट्लेटिको मड्रिड घरेलु मैदानमा पराजित

काठमाडाैं। एट्लेटिको मड्रिड घरेलु मैदानमा सेल्टा भिगोसँग पराजित भएकाे छ। स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सेल्टा भिगोले मड्रिडलाई १–० गोल अन्तरले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफमा आएको थियो। खेलको ६२औं मिनेटमा बोर्जा इग्लेसियासले विलियोट स्वेडबर्गको पासमा शानदार गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए। त्यसपछि एट्लेटिकोले बराबरी गोलका लागि लगातार दबाब बनाए पनि सफल हुन सकेन।

यस जितसँगै सेल्टा भिगोले ३५ खेलबाट ५० अंक पुर्‍याएको छ। पराजित मड्रिडको पनि ३५ खेलबाट ६३ अंक रहेको छ र टोली तालिकाको चौथो स्थानमा कायम छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको