काठमाडौं। टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालबाट २ सय ५० र भारतबाट २३ गरी जम्मा २ सय ७३ खेलाडी सहभागी हुने बताइएको छ।
पुरुष÷महिलामा एकल कातासहित समान ११–११ स्पर्धामा खेल हुने गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन्। दुईदिने प्रतियोगिताका खेलहरु मित्रपार्कस्थित आयोजक टेक्सासकै हातामा खेलाइने छ।