१७औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप सुरु

काठमाडाैं। ललितपुरको जावलाखेलमा आयोजित १७औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२६ सुरु भएको छ।

नेपाल शोतोकान कराते एसोसिएसन (एनएसकेए) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता जेठ १९ देखि २१ सम्म हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालसहित विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको छ।

प्रतियोगिताको प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लमिछाने सहभागी रहेका थिए। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते क्षेत्रका प्रशिक्षक, खेलाडी, खेलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामार्फत खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली करातेको पहिचान अझ सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कराते खेलमार्फत अनुशासन, आत्मविश्वास तथा खेलकुद संस्कृतिको विकासमा समेत प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको