यु–१६ इन्टर स्कुल क्रिकेट : डीएभी–केएमसी तथा अपी–सैनिकबीच क्वाटरफाइनलमा भिड्दै

काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल आजदेखि सुरु हुँदैछन्।

गत जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगिताको समूह चरण शुक्रबार सम्पन्न भएसँगै अन्तिम आठ टोलीको टुङ्गो लागेको हो।

पहिलो क्वाटरफाइनल खेलमा डीएभी स्कुल र केएमसी स्कुल आमनेसामने हुनेछन्। याे खेल बिहान ९ बजेबाट माथिल्लाे मूलपानी क्रिकेट मैदानमा हुनेछ। यस्तै, दिउँसो १ः३० बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा अपी स्कुलले सैनिक आवासीय महाविद्यालयसँग प्रतिस्पर्धा गर्नेछ।

जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा हुने तय भएका क्वाटरफाइनल खेलहरू वर्षाका कारण आउटफिल्ड भिजेपछि माथिल्लो मूलपानी क्रिकेट मैदानमा सारिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सह–प्रायोजकमा ई–सेवा छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको