काठमाडौं। चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न नगर कप २०८३ अन्तर–वडा रनिङ कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ स्याउलेले जितेको छ।
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकास्थित मेलचौर दरबारडाँडा खेल मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १ स्याउलेले वडा नम्बर ९ लाई १–० गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।
प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वटै वडाको सहभागिता रहेको थियो।
उपाधिसँगै वडा नम्बर १ स्याउलेले नगद ५० हजार रुपैयाँसहित रनिङ शिल्ड प्राप्त गर्यो। उपविजेता वडा नम्बर ९ ले नगद ३० हजार रुपैयाँमा चित्त बुझायो।
प्रकाश उत्कृष्ट खेलाडी घोषित
विधातर्फ वडा नम्बर १ का पञ्चलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिँदा प्रकाश खत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।
वडा नम्बर ९ का अनिश माझी ‘उदीयमान खेलाडी घोषित हुँदा वडा नम्बर १ का निराज तामाङ उत्कृष्ट गोलरक्षक, वडा नम्बर ९ का विकास माझी उत्कृष्ट डिफेन्डर तथा वडा नम्बर १ का सुप्रिन्स बिष्ट सर्वाधिक गोलकर्ता घोषित भए।
व्यक्तिगत विधातर्फको अधिकांश पुरस्कार उपाधि विजेता वडा नम्बर १ का खेलाडी तथा प्रशिक्षकले जित्दै आफ्नो दबदबा कायम राखेका थिए।
प्रतियोगिताको समापन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा उपप्रमुख सिता थापा, नगर खेलकुद विकास समितिका अध्यक्ष रमेश श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
