सेमिफाइनल प्रवेशका लागि मोक्षदा–जेम्स तथा पुलिस–रत्नराज्य भिड्दै

काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदैछन्।

माथिल्लाे मूलपानी क्रिकेटे मैदानमा आइतबार बिहान ९ बजे हुने तेस्रो क्वाटरफाइनलमा मोक्षदा स्कुल र जेम्स स्कुल आमनेसामने हुनेछन्। यस्तै, दिउँसो १ः३० बजे हुने अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले रत्नराज्य माध्यमिक विद्यालयसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा डीएभी सुशील केडिया विश्व भारती स्कुलले केएमसी स्कुललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। त्यस्तै, दोस्रो क्वाटरफाइनलमा सैनिक आवासीय महाविद्यालयले अपी स्कुललाई १ विकेटले हराउँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको छ।

प्रतियोगिताको सेमिफाइनल सोमबार र फाइनल खेल मंगलबार हुनेछ।

गत जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि ले विजेता टोलीको पुरस्कार रकम उपलब्ध गराउनेछ भने सह–प्रायोजक ई–सेवा ले उपविजेता टोलीको पुरस्कार रकम प्रदान गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको