काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल डीएभी खेल्ने भएका छन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा मंगलबार हुने फाइनल खेल बिहान १० बजेबाट सुरु हुनेछ।
यसअघि सोमबार सम्पन्न पहिलाे सेमिफाइनलमा डीएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हाे। दोस्रो सेमिफाइनलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गर्दै डीएभीसँगकाे भेट पक्का गरेको हो।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सहप्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।
प्रतियोगिता सम्पन्न गर्न सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, डार्क फ्यान्टासी चोको रोल्स, आयुष इन्टरनेसनल ओभरसिज सर्भिसेज प्रालि, पिक पोइन्ट एकेडेमी, ग्यालेक्सी पब्लिक स्कुल, गरिमा विकास बैंक लिमिटेड, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, डीएभी स्कुल, यती एयरलाइन्स, लकर रुम, हिमालयन बैंक लिमिटेड, एक्स्ट्रिम इनर्जी ड्रिंक, पाइलट पेन, होप हस्पिटल र लोकल थकालीले सहयोग गरेका छन्।