काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा आयोजित अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ।
बालुवाटारमा भएको फाइनलमा साइपाल एकेडेमीलाई ४–१ ले पराजित गर्दै बाँसबारी अन्तर स्कुल फुटसलमा च्याम्पियन भएको हो। उसले सेमिफाइनलमा ब्रुकलिन इन्टरनेसनल सेकेन्डेरी स्कुललाई ७–१ ले हराएको थियो भने साइपालले युनिभर्सल इंग्लिस स्कुललाई ३–२ ले पन्छाएको थियो।
तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा ब्रुकलिनले युनिभर्सललाई १–० ले पराजित गर्यो। नकआउटको आधारमा आयोजित प्रतियोगितामा १६ स्कुलले प्रतिस्पर्धा गरेका थिए। कामपा ४ का वडा अध्यक्ष दिनेश महर्जनलगायतले विजेता टिम तथा खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
बाँसबारी माविका विवेक मगर प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी घोषित भए। साइपालका आदित्यकुमार मिश्रले बेस्ट गोलकिपरको पुरस्कार हात पारे।