काठमाडौं। तेक्वान्दोका प्रशिक्षक कल्याण कुँवरले चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट २०२६ अन्तर्गत भेट्रानतर्फ रजत पदक जितेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एथलेटिक्स मिटमा कल्याणले पुरुष एक सय मिटर दौडमा रजत पदक जितेका हुन्। नेपालमा पारा तेक्वान्दो सुरुआत हुँदा उनी प्रशिक्षक थिए।
कल्याणले एथलेटिक्समा भेट्रान्सतर्फ पनि प्रतिस्पर्धा गर्दै आएका छन्। गोल्डेन एथलेटिक्स मिट उनले एक सय मिटर र तीन हजार मिटरमा चुनौती प्रस्तुत गरे पनि एउटामा मात्र सफलता पाएका हुन्। एक सय मिटरमा उनले १४.८७ सेकेन्ड समय निकाल्दै दोस्रो भए।
यश विधामा विनोद श्रेष्ठ १३.६५ सेकेन्डका साथ पहिलो भए । देव महर्जन १५.३८ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।गोपाल थापा १६.५९ सेकेन्डसहित चौथो स्थानमा सीमित भए। एथलेटिक्स परिवार नेपालद्वारा आयोजित दुईदिने प्रतियोगितामा विभिन्न उमेर समूह र विधाका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।