काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि सहभागी सबै ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकको टुंगो लागेको छ।
आइतबार नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावलीअनुसार मुख्य प्रशिक्षक बाँडफाँट प्रक्रिया सम्पन्न भएको हो। आयोजकका अनुसार प्रक्रिया निष्पक्ष, पारदर्शी र सहमतिपूर्ण ढंगले सम्पन्न गरिएको थियो।
कार्यक्रममा सहभागी सबै फ्रेन्चाइज टोलीका आधिकारिक प्रतिनिधिहरूले प्रशिक्षक बाँडफाँट प्रक्रियाप्रति पूर्ण सहमति जनाउँदै आधिकारिक रूपमा हस्ताक्षरसमेत गरेका थिए।
यससँगै नेपाल भलिबल लिगको पहिलाे संस्करणका लागि सबै टोलीले आफ्नो मुख्य प्रशिक्षक पाएका छन्।
मुख्य प्रशिक्षकको सूची :
सगरमाथा स्म्यासर्स – उत्सव खड्का
मधेश वारियर्स – भारत यादव
काठमाडौं रेड्स – निपा बहादुर बि.के.
अन्नपूर्ण स्पाइकर किंग्स – रमेश के.सी.
कर्णाली शिवराज – चन्द्रबहादुर कुँवर
खप्तड फाल्कन्स – रुपेश कुमार बिष्ट