फिफा विश्वकप : उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने भएका छन्।

बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपटक विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको थियो।

अब विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना जुलाई २० मा आमनेसामने हुनेछन्। यस्तै, सेमिफाइनलमा पराजित फ्रान्स र इंग्ल्यान्डले जुलाई १९ मा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको