काठमाडौं । मुकेशबहादुर पाल र पुर्णलक्ष्मी न्यौपाने खुला ५ किलोमिटर दौडमा पहिलो भएका छन्। शुक्रबार सम्पन्न खेलमा मुकेश पुरुष तथा पुर्णलक्ष्मी महिलामा पहिलो भएका हुन्।
विश्व पर्यटन दिवसका अवसरमा रोटरी क्लब अफे यल, पाटनद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट १२।७५ सेकेन्डमा पूरा गरे। १५ मिनेट १५.०२ सेकेन्ड समयमा सञ्जय श्रेष्ठ दोस्रो तथा १५ मिनेट ३०.८७ सेकेन्ड समयमा सन्जिव नेपाली तेस्रो भए।
रत्नबहादुर खत्री चौथो, मिङमारसिंह तामाङ पाँचौं, धीरबहादुर बुढा छैटौं, सागर बुढाथोकी सातौं, सञ्जय राई आठौं, रणबहादुर रोका मगर नवौं र कर्णबहादुर रोका मगर दसौं स्थानमा रहे। सन्जिव एपीएफ तथा मिङमार सिन्धुपाल्चोकका हुन् भने बाँकी सबै नेपाल आर्मीका हुन्।
एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन्। निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोस्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेस्रो बने। शीर्ष तीन स्थान हात पार्ने खेलाडी आर्मीका हुन्।
नेपाल पुलिसकी सुमित्रा चौधरी, एपीएफकी आशा रावत, सोलुखुम्बुकी सुशान्त कार्की, स्वयम्भूकी सोनु घटानी, निला जिमी, ललितपुरकी मन्जु सुनुवार र सुन्दरीजलकी सम्झना राईले क्रमशः चौथोदेखि दसौं स्थानमा दौड टुंगाए।
पुरुष÷महिला दुवैमा शीर्ष चौथो स्थानमा रहनेले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २ हजार नगद पुरस्कार पाए। पाँचौंदेखि दसौं स्थानलाई प्रोत्साहन स्वरुप समान १–१ हजार नगद पुरस्कार प्रदान गरेको थियो।


