पुन: फाइनल खेलाउनुपर्ने मागसहित हस्ताक्षर अभियानमा

काठमाडौं। विश्वकपको फाइनलमा आफूहरू अन्यायमा परेको दाबी गर्दै अर्जेन्टिनाका समर्थकहरूले पुनः फाइनल खेल गराउनुपर्ने मागसहित हस्ताक्षर अभियान चलाइरहेका छन्।

हस्ताक्षर अभियान चलाइरहेका बेला यसको विपरीत अर्को अभियान पनि चर्चामा आएको छ।

अन्तर्राष्ट्रिय याचिकामार्फत अर्जेन्टिनालाई विश्वकपबाट आजीवन प्रतिबन्ध लगाउन माग गरिएको छ। गोल डटकमले युरोन्युजलाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्टअनुसार उक्त अभियानमा हालसम्म २ करोड ३३ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको दाबी गरिएको छ।

अभियानमा फिफा र रेफ्रीले अर्जेन्टिना तथा कप्तान लिओनेल मेसीलाई विशेष सुविधा दिएको आरोप लगाइएको छ। विश्वकप फाइनलमा स्पेनसँग १–० ले पराजित भएको अर्जेन्टिनाविरुद्ध रेफ्रीका केही निर्णय र खेलाडीहरूको व्यवहारलाई लिएर पनि विवाद भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको