काठमाडाैं। अमेरिकाको मेजर लिग सकर (एमएलएस) ले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोको अनुबन्धलाई लिएर इन्टर मियामीमाथि ‘ट्याम्परिङ’ (नियमविपरीत खेलाडी तान्ने प्रयास) गरेको आरोपमा छानबिन सुरु गरेको छ।
म्यानचेस्टर युनाइटेडका पूर्व स्टार ३४ वर्षीय क्यासेमिरोलाई मियामीले बुधबार सन् २०२७ सम्मका लागि अनुबन्ध गरेको घोषणा गरेको थियो। सम्झौतामा २०२९ जुनसम्म म्याद थप्ने विकल्प पनि समावेश छ।
तर, अनुबन्ध सार्वजनिक भएको केही समयमै एमएलएसले विज्ञप्ति जारी गर्दै उक्त सम्झौतामा नियम उल्लंघन भएको आरोपबारे समीक्षा भइरहेको जनाएको छ।