बेसबल टोली जापान जाने

काठमाडौं। ३२औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ।

वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा जुलाइ ३० देखि अगष्ट ७ तारिखसम्म हुने फेयरमा अभिनय श्रेष्ठ, संकल्प पौडेल, युएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले सहभागिता जनाउने छन्। प्रशिक्षकमा विपिन वज्राचार्य छन्। फेयरमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने छ।

फेयरका दौरान सहभागीले क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेमको अवलोकन गर्ने अवसर पनि पाउने छन्। खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसंग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्ने छन्।

नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दिपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउडेनसनले प्रायोजन गरेको बताए। उनका अुनसार सहभागी सबैलाई जनही करिब १ लाख रुपैयाँ बराबरको खेल सामाग्री र पोशाक पनि प्राप्त गर्ने छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको