प्याराडाइस अन्तरकलेज बास्केटबल शनिबारदेखि

काठमाडाैं। प्याराडाइस स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको।

प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा ७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एकेडेमीका अध्यक्ष बद्री महतले जानकारी गराए। ब्वाइजलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।

ब्वाइजको समूह ‘ए’ निम्स, ऋत, मनास्लु र नवोदित तथा समूह ‘बी’ मा न्युटन, ग्रिनफिल्ड, सीसीआरसी र हेराल्ड रहेका छन्। ओरियन्ट, सगरमाथा, भ्याली पब्लिक र लालीगुराँस नेसनल एकेडेमी समूह ‘सी’ तथा एलआरआई, गोल्डेनगेट र जेभियर समूह ‘डि’ मा छन्। समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन्।

त्यस्तै गल्र्सको समूह ‘ए’ मा गोल्डेनगेट, निम्स, सगरमाथा र जेभियर ‘ए’ तथा समूह ‘बी’ मा एलआरआई भ्याली पब्लिक र जेभियर ‘बी’ रहेका छन्। समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन्।

अध्यक्ष महतले बास्केटबलको विकास र वितारमा प्रतियोगिताले थारै भएपनि योगदान पु¥याउने विश्वास व्यक्त गर्दै नवनिर्मित संरचनाको प्रवद्र्धन गर्नु अर्को उद्देश्य रहेको बताए। एकेडेमीका संस्थापक विष्णु भण्डारीले प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बताए। उनले १० रोपनीमा फैलिएको एकेडेमीमा बास्केटबलको संरचना निर्माण पूरा भएको बताउदै विभिन्न खेलका पूर्वाधारको पनि निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको बताए।

साउन २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका ३, साइबाबा चोकस्थित आयोजकको आफ्नै कोर्ट खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको