काठमाडौं। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी गल्फ्रेन्ड जर्जिना रोड्रिगेजको विवाह पोर्चुगलमा हुने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टअनुसार ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया जर्जिनाको विवाह पोर्चुगलको फुन्चालस्थित एक क्याथेड्रलमा हुनेछ। त्यसपछि पाँचतारे साभोय प्यालेस होटलमा भव्य स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको बताइएको छ।
सन् २०१६ देखि प्रेम सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाले गत वर्ष औपचारिक रूपमा इन्गेजमेन्ट गरेका थिए। यद्यपि, विवाहको मिति र कार्यक्रमबारे उनीहरू वा उनीहरूका प्रतिनिधिबाट अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।