एभरेस्ट महिला भलिबलका लागि खेलाडी र प्रशिक्षक उत्साहित


काठमाडौं । नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता वात्सल्य एभरेस्ट महिला भलिबल लिग ९इडब्ल्युभिएल०का लागि खेलाडी र प्रशिक्षक उत्साहित देखिएका छन्।

नेपाली भलिबलको नयाँ सुरुआतका रुपमा लिएको इडब्लुभिएलको पहिलो संस्करण सोमबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा सुरु हुँदैछ।

उद्घाटन खेलमा सोमबार असोज १४ गते काठमाडौं स्पाइकर्सले ललितपुर क्विन्सको सामना गर्नेछ। खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ। दिनको दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली यसभिसले ५ः४५ बजे एकअर्कासँग प्रतिस्पर्धा गर्दा ७ः४५ मा सुरु हुने तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स आमनेसामने हुनेछन्।

आइतबार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिताको पूर्वसन्ध्यामा सहभागी ६ टोलीका कप्तान र प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको