काठमाडौं। जापानको आइची÷नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट महिला भलिबल टिमसहित २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्। ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले छन्। प्रशिक्षक संख्या ३२ रहेको छ।
नेपालबाट आर्चरीमा १÷१ पुरुष÷महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २÷२ पुरुष÷महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुष÷महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुने छन्।
त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३÷३ पुरुष÷महिला, कबड्डीमा १२–१२ पुरुष÷महिला, करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १÷१ पुरुष÷महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३÷३ पुरुष÷महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
चीनको हाङझावमा भएको १९औं एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागी भएका थिए। १ सय २६ पुरुष र १ सय २७ महिला खेलाडीले भाग लिए।
हाङझाव एसियाडमा नेपालले समान १–१ रजत र कांस्य पदक जितेको थियो। ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेको थिए। एसियाडमा दुवैको पहिलो सहभागिता थियो। २०औं एसियाड असोज ३ गतेदेखि सुरु हुँदैछ।