टोप्स फुटसलमा क्वाटरफाइनलमा समीकरण पूरा

काठमाडाैं। संस्कृति शिक्षा सदनको आयोजनामा जारी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनला समीकरण तयार भएको छ।

गण्डकी बोर्डिङ स्कुल र संस्कृति, निम्बल एकेडेमी र ल्यान्डमार्क एकेडेमी, ह्वाइट हेभेन एकेडेमी र किन्डर गार्तेन तथा स्वेता सदन र इडिफाइ इन्टरनेसनल स्कुलबीच क्वाटरफाइनल हुनेछ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताको सिनियर गल्र्स र जुनियर ब्वाइजमा भने सेमिफाइनल समीकरण पूरा भइसकेको छ।

सिनियर गल्र्समा तेजस्वी एकेडेमीले इडिफाइ तथा संस्कृतिले ल्यान्डमार्क विरुद्ध खेल्ने छन्। जुनियर ब्वाइजमा ह्वाइट हेभेनले बेलमोन्ट इन्टरनेसनल एकेडेमी तथा ल्यान्डमार्कले इडिफाइसंग प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको