काठमाडाैं। जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। जेभियर ब्वाइज तथा गोल्डेनगेट गल्र्समा च्याम्पियन बने।
टोखा नगरपालिकाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भएको ब्वाइजको फाइनलमा जेभियरले सीसीआरसीलाई ६७–५४ ले पराजित ग¥यो। सीसीआरको जितमा महेन्द्र प्याकुरेलले १९ अंक योगदान गरे।
पहिलो क्वाटरमा १६–११ ले अग्रता लिएको जेभियर दोश्रोमा १४–१८ ले पछि प¥यो। तेस्राे र चौथो क्वाटर क्रमशः १७–७ र २०–१८ ले आफ्नो पक्षमा पार्दै जेभियर उपाधि सुनिश्चित ग¥यो। गल्र्सको उपाधि भिडन्तमा एन्जल गुप्ताको १५ अंक सहयोगमा गोल्डेनगेटले निम्सलाई ३५–३० ले हरायो। गोल्डेनगेटले सुरुका २ क्वाटरमा समान ९–६ को अग्रता बनायो। तेस्राे क्वाटर निम्सले ११–४ ले आफ्नो पक्षमा पार्दै समग्रमा १ अंकको अग्रता बनाएको थियो। गोल्डेनगेटले निर्णायक चौथो क्वाटरमा १३–७ को प्रदर्शन गर्दै जित निश्चित ग¥यो।
ब्वाइजमा जेभियरका रोशन नगरकोटी र गल्र्समा गोल्डेनगेटकी एन्जल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, आयोजक एकेडेमीका अध्यक्ष बद्री महतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। आठदिने प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा ७ टिम सहभागी थिए।