काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बी बराबरीमा सकिएको छ।
दोस्रो स्थानमा रियाल मड्रिड तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएको हो।
बराबरीसँगै रियालको १८ तथा एट्लेटिकोको १६ अंकसहित तेस्रो स्थानमा छ। बार्सिलोना अघिल्लो रात ओसासुनासँग पराजित भएको थियो।
खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकएिको थियो। रियलका लागि इडर मिलिटाओले गोल गरे।
इन्जुरी पाँच मिनेटको समयमा एन्जल कोरियाले बराबरी गोल गरे। इन्जुरी समयको नवौं मिनेटमा इन्ड्रिकलाई खराब फाउल गरेपछि मार्कोस लोरेन्टले सिधै रातो कार्ड सामना गरेका थिए।


