काठमाडाैं रेडियन्ट पब्लिक १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भइरहेको प्रतियोगितामा रेडियन्टले पिपुल्स एकेडेमीलाई ५५–४० ले पराजित ग¥यो। रेडियन्टका लागि सुगम मगरले १३ अंक जोडे।
सिनियर ब्वाइजमै गण्डकीले संस्कृति इन्टरनेसनललाई ४७–४५, क्षेत्रज्ञले सेबलाई ६१–५६ र पुष्पसदनले नेपालयलाई ६२–४० ले हराए। गण्डकीका तपेन्द्र ओडले २८, क्षेत्रज्ञका रेमनले ४६ र पुष्पसदनका दिप्सन महर्जनले १८ अंक जोडे।
जुनियर ब्वाइजमा महामञ्जुश्रीले माइस्टोनलाई ३३–१०, ग्रिनफिल्ड ‘ए’ ले तेजस्वी एकेडेमीलाई २६–५, एन्जल्स हार्टले पिपुल्सलाई ३९–१५ र ज्ञान निकेतनले केएससीएसलाई १८–६ ले पाखा लगाए। महामञ्जुश्रीका निरज तामाङले १६, ग्रिनफिल्ड ‘ए’ का अजय मगरले ९, एन्जल्स हार्टका सौरभ श्रेष्ठले १८ र ज्ञान निकेतनका डेविड अधिकारीले ६ स्कोर गरे।
सिनियर गल्र्समा केभीएसले अद्वित्यलाई ३८–१३, भ्याली पब्लिकले पिपुल्सलाई ५४–१८ र नवीन ज्योतिले संस्कृतिलाई १९–१७ ले पाखा लगाए। केभीएसकी डोल्मा लामाले १८, भ्याली पब्लिककी सुरम्य तामाङ र सेलिना गुरुङले समान १३–१३ तथा नवीन ज्योतिकी अविना दानीले ६ अंक जोडे।