टीएमबी वल्र्ड सिरिजमा दावा

काठमाडाैं। नेपाली अल्ट्रा÷ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन्।

अगष्ट २८ तारिखमा हुने सिरिजको १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न दावा मंगलबारै फ्रान्स प्रस्थान गरेका छन्। गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा÷ट्रेल कोसियुस्को (युटीएमबी) मा गरेको प्रदर्शनका आधारमा दावा फ्रान्सको सिरिजका लागि छनोट भएका हुन्।

अस्ट्रेलियामा भएको उक्त दौडको १ सय किलोमिटर दूरी दावाले १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए। एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटमा दावालाई मंगलबारै बिदाइ गरे। दावाले आफ्नो उत्कृष्ट समयमा सुधार गर्ने लक्ष्य रहेको बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको